× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    निर्माणाधीन गणेश मन्दिरको लागि गाउँपालिका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठ तथा समाजसेवी कुमार श्रेष्ठबाट सहयोग

    ३ वर्ष पहिले

    जेठ-१९, चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा निर्माणाधीन गणेश मन्दिरको लागि इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठ तथा समाजसेवी कुमार श्रेष्ठले सहयोग प्रदान गरेको छ ।

    गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको र मन्दिर निर्माणको लागत १५ लाख भन्दा माथि हुने हुँदा मन्दिर निर्माण समितिका अध्यक्ष कुमार श्रेष्ठ नेवाले सहयोगको लागि अनुरोध गरेपछि गाउँपालिकाका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठले करिब ३० हजार रुपैया बराबरको ढुङ्गा बालुवा र गिट्टी दिइएको थियो भने समाजसेवी कुमार श्रेष्ठले गणेश मन्दिर निर्माण स्थलमा गएर निर्माण समितिका अध्यक्षलाई १० हजार १० रुपैयाँ नगद हस्तान्तरण गर्नुभएको हो ।

    दुई महिनाभित्र गणेश मन्दिर निर्माण सम्पन्न गरि फेरि भिमसेन मन्दिर पनि निर्माण गरिने गणेश मन्दिर निर्माण समितिका अध्यक्ष नेवाले बताउनुभयो ।