× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६६५३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ८६६३

    ३ वर्ष पहिले

    जेठ-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ८१ हजार ६ सय ६० जना पुगेको छ ।

    २४ घण्टामा १४ हजार १ सय ८२ जनाको पिसिआर परीक्षण भएको छ ।यो सँगै ३१ लाख २१ हजार १ सय २० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ हजार २९ जना र पिसिआर विधिबाट परीक्षण गर्दा ४ हजार ६ सय २४ मा कोरोना पोजेटिभ देखिएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ८ सय ९२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९५ हजार १ सय ३१ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ८ सय ७ रहेको छ ।

    २४ घण्टामा ८ हजार ६ सय ६३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ७६ हजार १ सय ३० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८२.९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय ५५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ४ सय २२ जना र भेन्टिलेटरमा ४ सय ४ जनाको उपचार भईरहेको छ ।