× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४४७२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६९५१

    ३ वर्ष पहिले

    जेठ-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ९१ हजार ४ सय ९४ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार २ जनाको पिसिआर परीक्षण परीक्षण गर्दा ३ हजार ३ सय ७० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३१ लाख ५५ हजार ६४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ९ सय १ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार १ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।हाल सम्ममा ७५ हजार ८ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७८ हजार ३ सय ६४ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार १ सय ८० रहेको छ ।

    २४ घण्टामा ६ हजार ९ सय ५१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ७ सय १८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ४ सय ३४ जना र भेन्टिलेटरमा ३ सय ९७ जनाको उपचार भईरहेको छ ।