× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा भोलिबाट दुई दिन कोरोना विरुद्धको भेरोसिल खोप लगाइने

    ३ वर्ष पहिले

    जेठ-२४, चितवनमा भोलिबाट कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।जेठ २५ र २६ गते ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोना विरुद्धको चिनियाँ खोप भेरोसिल लगाइने भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले आज एक सूचना जारी गर्दै जिल्लाका ७ वटा स्थानीय पालिकाका वडाका ७९ खोप केन्द्रमा आफ्नो परिचयपत्र लिएर ६२ देखि ६४ उमेर समूहका वृद्धवृद्धालाई खोप केन्द्रमा जान अनुरोध गरिएको छ ।

    सूचनामा भनिएको छ, ‘ लक्षित वर्गमा परेका सबैले खोप लगाऔं, कोरोना नियन्त्रण गरौं । २५ र २६ गतेका दिन दुई दिन खोप लगाइने भएकोले सबैले उमेर खुल्ने परिचयपत्र बोकेर स्वास्थ्य केन्द्रमा जाऔं ।’

    चीनमा उत्पादन भएको भेरोसिल खोप चितवनमा पहिलो पटक लगाउन लागिएको हो ।यो खोपको साइड इफेक्ट भारतमा बनेको कोभिड सिल्डको भन्दा कम हुने जानकारहरू बताउँछन् ।