३ वर्ष पहिले
जेठ-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख १५ हजार ६ सय ५२ जना पुगेको छ ।
२४ घण्टामा १२ हजार ७४ जनाको पिसिआर परीक्षण परीक्षण गर्दा ३ हजार ४ सय ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३१ लाख ७९ हजार २ सय ३ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ६८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८६ हजार ३१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३ सय ३६ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७४ हजार ४ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ८ सय ९८ रहेको छ ।
२४ घण्टामा ५ हजार ७ सय ६८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख १० हजार २ सय ९८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ६ सय ३४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार ३ सय १२ जना र भेन्टिलेटरमा ३ सय ७५ जनाको उपचार भईरहेको छ ।