× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३७४९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५२९३

    ३ वर्ष पहिले

    जेठ-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख १९ हजार ४ सय १ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ९ सय १ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ८ सय ७४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३१ लाख ८९ हजार १ सय ४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ९१ हजार ३ सय ६८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ८ सय ५८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७२ हजार १ सय ७८ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ हजार ६ सय ८० रहेको छ ।

    २४ घण्टामा ५ हजार २ सय ९३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार २ सय ३८ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ६ सय १६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ हजार २ सय ६१ जना र भेन्टिलेटरमा ३ सय ८२ जनाको उपचार भईरहेको छ ।