× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लगातार वर्षासंगै नेपालको नमुना आर्कब्रिज जोखिमपूर्ण अवस्थामा

    ३ वर्ष पहिले

    असार-१, पृथ्वी राजमार्गको मुग्लिनबाट पोखरा तर्फ जाँदा त्रिशुली नदि माथि बनाइएको नेपालकै पहिलो आर्कब्रिज लगातारको वर्षाले जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

    नेपालले आफ्नो लगानी प्रविधि र दक्षता प्रयोग गरि निर्माण गरेको १६० मिटर लामो यो नमुना आर्कब्रिज वरिपरि नालिको उचित व्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा पुगेको हो ‌।

    यो पुलको मुग्लिन तर्फको मुखैनिर नालिको उचित व्यवस्था नहुँदा मनसुन सुरु भएसँगै लगातार आएको पानी सिधै पुलको जगमा ठोकिँनुका साथै सो क्षेत्रको वरपर बिस्तारै पहिरिदै गईरहेको छ ।

    त्यसैगरी पुल निर्माणसंगै लगाएको ग्याबिन जालिहरु पनि बिस्तारै भत्किँदै गएको छ भने सो स्थानमा रहेको सडक पनि भासिने अवस्था रहेको छ ।

    गत वर्षको वर्षातयाममा परेको ठुलो पानीले सो ठाउँमा पहिरो जाँदा बिजुली को पोल तथा बिधुतको पोल समेत ढल्न पुगेको थियो ।

    सडक डिभिजन कार्यालय भरतपुरबाट पटक पटक आएर सो समस्याको अबलोकन गरेतापनि समस्याको समाधान तर्फ हालसम्म कुनै ठोस कदम चालेको छैन ।

    यो समस्यालाई समयमा नै समाधान नगरेमा एकातिर सडक भासिने छ भने अर्कोतर्फ वर्षातको पानी सिधै पुलको जगसँग ठोक्किने हुँदा जगलाई बिस्तारै खियाउँदै कुनै पनि बेला पुलपनि खतरापूर्ण अवस्थामा पुग्ने स्थिति रहेको छ ।