× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २८२८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३०८२

    ३ वर्ष पहिले

    असार-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय २८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ३७ हजार ४ सय ४३ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ७ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा २ हजार १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ४० हजार २ सय ९९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख २३ हजार ३ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६२ हजार १ सय ४७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५७ हजार ८ सय २६ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार ३ सय ११ रहेको छ ।

    २४ घण्टामा ३ हजार ८२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५ सय १५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९ सय २ जना र भेन्टिलेटरमा २ सय ७९ जनाको उपचार भईरहेको छ ।