× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा निषेधाज्ञाको अवधि असार १० गते सम्मको लागि थप गरियो

    ३ वर्ष पहिले

    असार-२, चितवन जिल्लामा जारी निषेधाज्ञाको अवधि असार १० गतेसम्मको लागि थप गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी असार १० गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

    नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण अझसम्म पनि उच्च रहेको हुँदा उच्च संक्रमण रोकथाम र नियन्त्रणका लागि चितवन जिल्ला भरी लागु हुनेगरी निषेधाज्ञा निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल लामिछानेले बताउनुभयो ‌