× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिङ र आसपासका क्षेत्रमा अबरुद्ध भएकाे १८ घण्टा पछि टेलिफाेन र ईन्टरनेट सेवा सञ्चालन

    ३ वर्ष पहिले

    असार-२, मुग्लिङ र आसपासका क्षेत्रमा अबरुद्ध भएकाे १८ घण्टा पछि टेलिफाेन र ईन्टरनेट सेवा सञ्चालनमा आएकाे छ । नेपाल टेलिकम, स्मार्ट सेल, वर्ल्ड लिङ्क, सुविसु र टेकमाईण्स् कम्पनिकाे सेवा सञ्चालनमा आएकाे हाे । एनसेलकाे सेवामा भने कुनै अवराेध भएकाे थिएन ।

    भारी वर्षापछि मर्स्याङदी नदीमा आएको बाढीले १२ वटा विद्युतीय पोलमा क्षति पुर्याएपछि मंगलबार (असार १ गते) साँझदेखि मुग्लिङ क्षेत्रको विद्युत तथा टेलिफाेन र ईन्टरनेट सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो ।

    मुग्लिङ र आसपासका क्षेत्रमा टेलिफाेन र ईन्टरनेट सेवा सुचारु भएपनि विद्युत सेवा भने सुचारु हुन सकेको छैन।

    अबिरल वर्षाकाे बाबजुत पनि विद्युत प्राधिकरण आँबुखैरेनी र मुग्लिङ फ्युज सेन्टरका प्राविधिक टाेलीले आज १२ मध्ये ७ वटा पाेल राखिसकेको र बाकी ५ वटा पोल भाेली विहान सम्ममा राखेपछि मात्र विद्युत सेवा सुचारु हुने जनाएको छ ।