× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रजिअद्वारा जोखिमपूर्ण आर्कब्रिजको निरीक्षण, यथासिघ्र समस्या को समाधान गर्न निर्देशन

    ३ वर्ष पहिले

    असार-४, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल लामिछानेद्वारा पृथ्वी राजमार्गको मुग्लिनबाट पोखरा तर्फ जाँदा त्रिशुली नदि माथि बनाइएको नेपालकै पहिलो आर्कब्रिजको निरीक्षण गर्नु भएको छ ।

    नेपालले आफ्नो लगानी प्रविधि र दक्षता प्रयोग गरि निर्माण गरेको यो नमुना आर्कब्रिज लगातारको वर्षा तथा त्रिशुली नदीमा आएको बाढीले जोखिमपूर्ण अवस्थामा पुगेपछि प्रजिअ प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारी, राष्ट्रिय अनुसन्धान विभाग चितवनका प्रमुख उत्तम खनाल, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख बासुदेव सापकोटा ,सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनाल, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङ लगायतका सयुक्त टोलिले सो पुलको निरीक्षण गरेका हुन् ।

    यो पुलको मुग्लिन तर्फको मुखैनिर नालिको उचित व्यवस्था नहुँदा मनसुन सुरु भएसँगै लगातार आएको पानीले सो पुल वरपरको सडक बिस्तारै पहिरिदै गईरहेको छ भने त्रिशुली नदिमा आएको बाढीले तनहुँ तर्फको जगमा केही खाल्डो बनाएको छ ।

    अनुगमन मा आउनुभएका सडक विभाग डिभिजन कार्यालय भरतपुरका प्रमुख बासुदेव सापकोटाले ‘ यो पुल निर्माण सम्पन्न पश्चात पाँच वर्षसम्म रेखदेख गर्ने जिम्मा पुल निर्माण कम्पनीकै भएको जनाउनुभयो ।’

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सडक विभाग, डिभिजन कार्यालय भरतपुरका प्रमुख बासुदेव सापकोटालाई सडक नालिको उचित व्यवस्था गरि यथासिघ्र समस्या को समाधान गर्न निर्देशन दिनुभएको छ ।