× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २४०१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३६६०

    ३ वर्ष पहिले

    असार-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय १० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ४५ हजार २ सय ९ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार १० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ६२ हजार ५ सय ८९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ३८ हजार ३ सय १३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५३ हजार ७ सय ३३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ८ सय ८५ रहेको छ ।

    २४ घण्टामा ३ हजार ६ सय ६९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ५२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८९.३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ४ सय ४१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८ सय ७४ जना र भेन्टिलेटरमा २ सय ५८ जनाको उपचार भईरहेको छ ।