× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ट्रकले मोटरसाइकलाइ ठक्कर दिदा २ घाइते, एकको अवस्था गम्भीर ।

    ३ वर्ष पहिले

    ६ असार, धादिङ्ग ।
    पृथ्वी राजमार्ग अन्तरगत धादिङ्गको हुग्दीखोला मोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जना घाइेत भएका छन् । काठमाण्डौबाट चितवन तर्फ जादै गरेको ना ८ ख २५८४ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरको बा ८३ प ९०९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    दुर्घटना लगत्तै स्थानीयहरुको सहयोगमा दुर्घटनामा परि घाइेत भएकाहरुको उपचारको लागि मलेखु लगिएको र घाइेत मध्ये चालको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मझिमटारले जनाएको छ । ठक्कर दिने चालक र ट्रकलाई मझिटार प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पृथ्वी राजमार्ग कै उच्च दर्घटना हुने गरेको यस हुग्दी मोडमा दुर्घटना न्युनीकरणको लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।