× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौँ जाने सयौ यात्रु मुग्लीन नजिकै अलपत्र, यात्रुसंग बढि भाडा असुल्नेबाट रकम फिर्ता

    ३ वर्ष पहिले

    असार-८, काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो गरेसँगै अन्य जिल्लाबाट पृथ्वी राजमार्ग हुँदै काठमाडौ उपत्यका छिर्ने यात्रुबाहक बस मुग्लिनबाट फर्काएपछि यात्रुहरु मुग्लीन नजिकै अलपत्र परेका छन् ।

    देशको पूर्वी तथा पश्चिम क्षेत्रबाट निर्वाध रुपमा आएका बससंगै का यात्रुहरु मुग्लिनबाट फर्काएपछि यात्रुहरु बिच्चलीमा परेका हुन् ‌।

    यात्रुबाहक बस मुग्लिनबाट फर्काएको बिषयमा बुझ्न खोज्दा पास भएको सवारी साधनलाई नरोकिएको र पास नभएको सवारीसाधनलाई फर्काएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएका छन् ।

    पास नभएर फर्काएका यात्रुबाहक बसका यात्रुहरुका अनुसार पास लिएर आएका सवारी साधनहरुले ले चर्को भाडा असुलेर काठमाडौँसम्म यात्रा गराएको गुनासो पछि ट्राफिक प्रहरी कार्यालय मुग्लिनको अनुगमन पश्चात चर्को भाडा असुल्ने संग रकम फिर्ता गराएर मुग्लिन देखि काठमाडौँ सम्मको का भाडा रु ४ सय कायम गरेको छ।

    त्यसैगरि बिच्चलीमा परेका यात्रुहरुलाई ट्राफिक प्रहरी कार्यालय मुग्लिन तथा स्थानीय संचारकर्मिको पहलमा पास लिएर आएका सवारी साधनहरुमा चढाएर पठाएको छ ।

    यसअघि पनि लकडाउनको समयमा देशको बिभिन्न क्षेत्रबाट बिना रोकतोक निर्वाध रुपमा आएका यात्रुबाहक बस तथा यात्रुहरु मुग्लीनमा आईपुगे पछि रोकिएको थियो ।

    लामो दुरीका सार्वजनिक सवारी साधनलाई यात्रु सहित पटकपटक मुग्लिनमा मात्र रोकेर मुग्लिनबासीमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयहरु भने आक्रोशित भएका छन् ।