× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विभिन्न संघ सस्थाद्वारा जातीय विभेदको आरोपमा पक्राउ परेकी प्रधानलाई रिह गर्न अपिल

    ३ वर्ष पहिले

    असार-९, विभिन्न संघ सस्थाले जातीय विभेदको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई यथाशीध्र स-सम्मान रिहा गर्न अपिल गरेका छन् ।

    नेवार समुदायको जातीय छाता संगठन नेवा: देय दबु जिल्ला समिति काठमाडौँले सोमबार एक बिज्ञप्ति जारि गर्दै विभिन्न संचार मध्यम बाट यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनामा घरधनीले रुप सुनार प्रति कुनै गालि गलौज नगरी घरसल्लाह गरि खबर गर्छु भनेको अवस्थामा स्वयंले आफै कामी भएर कोठा नदिने भनेको हो भन्दै कुरा बढाएर फोन रेकर्ड गरि मिडियाकर्मी भन्दै घर धनीलाई सुनियोजित तरिकाले अतिरन्जित गरेको सो बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    दबुले प्रत्यक घरधनीले आफ्नो घर भाडामा बस्ने व्यक्तिको घर ठेगाना ,व्यापार ब्यबसाय ,चालचलन तथा अन्य जानकारीको लागि गरिने सवाल जवाफ जायज भएको जनाएको छ।

    यसै गरि उपत्यका घरधनी सरोकार मंचले विभिन्न संचार मध्यम बाट आएको यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र दलित समुदाय प्रति अपहेलित गरिन नहुनेमा मंच दृढ रहेको जनाएको छ। साथै मंचले नेपालको संविधानले घरजग्गालाई निजि सम्पत्तिका रुपमा ग्रहण गरिएकोले, यसलाई मौलिकहकको रुपमा संबिधानमा उल्लेख भएकोले हुँदा घरको कोठा कसलाई दिने कसलाई नदिने घरधनिमा सुनिश्चित रहने भनिएको छ।

    तनहँकी रूपा सुनारले आफू दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लगाउँदै उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले प्रधानलाई पक्राउ गरेको थियो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

    सुनारको उजुरीबाट पीडित ५८ वर्षीया प्रधानलाई सुनारले पटकपटक आफू कामी हुँ भनेपछि कोठा दिन सङ्कोच लागेको हुन सक्ने अनुमान गर्दै प्रधानको मुद्दा हेरिरहनु भएकाअधिवक्ता नरेश श्रेष्ठले भन्नुभयो– ‘तर त्यसो भन्दैमा प्रधानले सार्वजनिक स्तरमै सुनारलाई कुनै किसिमको दुव्र्यवहार भने गरेको छैन । कोठाबाट निकालेको, घर भाडा लिएपछि फिर्ता गरेको जस्ताकुनै पनि व्यवहार गरेको छैन । त्यसैले कोठामा भाडामा दिन्नँभन्ने आधारमा प्रहरीले पक्राउ गर्नु उचित देखिन्नँ ।’

    यसैबीच सो घटनालाई छुवाछुत विरुद्धको अपराधको रूपमा चित्रण गरी प्रधानलाई कानुनले तोके बमोजिम कारबाही गर्नुपर्ने दलित अधिकारवादी संघसंस्थाले आवाज उठाउदै आएका छन् भने , नेवार समुदाय आवद्ध विभिन्न संघ सस्था,बुद्दिजिवि , समाजसेवीले यो बिषयलाई जातीय सद्भाव कायमा राखी सरल समझदारीको बाटो बाट समाधान खोजिनु पर्ने जनाएको छ ।