३ वर्ष पहिले
असार-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ५६ हजार ८ सय ९१ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार ४ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३२ लाख ९५ हजार ५ सय १४ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ५६ हजार ५ सय ४५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४७ हजार २ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय ३४ रहेको छ ।
२४ घण्टामा ३ हजार ५ सय ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ६८ हजार ४ सय ४० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.५३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जना रहेको छ भने विभिन्न समयमा शव व्यवस्थापन गर्दा छुटेको मृत्यु हुनेको संख्या २९ गरि ८१ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ४ सय २५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ३४ जना र भेन्टिलेटरमा २ सय १३ जनाको उपचार भईरहेको छ ।