× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकाद्वारा ५६ करोड २१ लाख ७४ हजार ९ सय ७ को बजेट प्रस्तुत

    ३ वर्ष पहिले

    असार-१०, चितवनको इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ५६ करोड २१ लाख २४ हजार ९ सय ७ को बजेट प्रस्तुत गरेको छ ।

    बिहिबार बसेको गाउँपालिकाको ९ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठले आगामी आर्थिक वर्षको लागि अन्तरिक स्रोततर्फ ४ करोड रुपैयाँ, राजश्व बाँडफाँड ९ करोड ७२ लाख ७० हजार ९ सय ७ रुपैयाँ, संघीय सरकारबाट अनुदान ३५ करोड ९७ लाख रुपैयाँ र प्रदेश सरकारबाट अनुदान ४ करोड ५२ लाख ४ हजार रुपैयाँ र चालु आवको २ करोडबाट उक्त बजेट विनियोजन गरिएको जनाएका छन् ।

    जसमध्ये आगामी आर्थिक वर्षका चालु खर्चतर्फ ३९ करोड ४० लाख ९९ हजार ४४ रुपैयाँ र पुँजीगत तर्फ १६ करोड ८० लाख ७५ हजार ८ सय ६३ रुपैयाँ, सशर्त अनुदानतर्फ २५ करोड ४३ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ ।