× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा अस्थायी ट्राफिक प्रहरी पोष्ट निर्माणका लागि तरुण दलका नेता विजय गुरुङद्वारा सहयोग

    ३ वर्ष पहिले

    असार १०, चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ५ मुग्लिनमा निर्माणाधीन अस्थायी ट्राफिक प्रहरी पोष्ट निर्माणका लागि समाजसेवी तथा नेपाल तरुण दल आबु खैरेनी गाउँ समितिका अध्यक्ष विजय गुरुङद्वारा ढुङ्गा सहयोग गर्नु भएको छ ।

    अस्थायी ट्राफिक प्रहरी पोष्ट निर्माण समितिका अध्यक्ष सावित्री पुडासैनीका अनुसार समाजसेवी तथा तरुण दलका नेता विजय गुरुङद्वारा भवन निर्माणका लागि २ ट्रयाक्टर ढुङ्गा सहयोग प्राप्त भएको हो ।

    इच्छाकामना गाउँपालिकाले यो अस्थायी ट्राफिक प्रहरी पोष्ट निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    निर्माणाधीन ट्राफिक प्रहरी भवन निर्माण सम्पन्न गर्नका लागि २० लाख भन्दा बढी लागत लाग्ने भएकाले इच्छुक दाताहरुलाई सहयोगका लागि निर्माण समितिका अध्यक्ष सावित्री पुडासैनीले अपिल गरेकी छन् ।