× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको मुग्लिनमा निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्नेलाई कारबाही

    ३ वर्ष पहिले

    असार-११,चितवनको इच्छाकामना गाउँपालिका स्थित मुग्लिनमा निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्ने ४ जनालाई ईलाका प्रहरी कार्यालय मुग्लिनले कारबाही गरेको छ ।

    मुग्लिन बजारमा पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल, किराना पसल,मासु पसल एवं फलफूल तथा तरकारी पसल संचालन गर्ने ४ जनालाई हिजो राति नसीहत सहित पाँच सय रुपैयाँ जरिवाना गराएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख रानाका अनुसार पहिलो चरणमा नसियत सहित न्यून जरिवाना लगाइएको र अब आइन्दा निषेधाज्ञा उल्लंघन गरेको पाइएमा नियमानुसार थप कडा कारवाही गरिने जनाएको छ।