× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भोली आबुखैरेनी सव-स्टेसनमा मर्मत कार्य हुदै, तनहुँ, गोरखा र चितवनको विभिन्न क्षेत्रमा विधुत लाइन काटिने

    ३ वर्ष पहिले

    असार-१२, भोली नेपाल विद्युत प्राधिकरण तनहुँको आँबुखैरेनी सव-स्टेसनमा पुरानो ब्रोकर परिवर्तन तथा मर्मत कार्य हुने भएकोले तनहुँ,गोरखा र चितवनको विभिन्न क्षेत्रमा बिहान ७:०० बजे देखि बेलुका ६:०० बजे सम्म विद्युत लाइन काटिने भएको छ ।

    यसअवधिमा तनहूँको सत्रसय र आँबुखैरेनी, चितवनको इच्छाकामना गाउँपालिका र गोरखा जिल्लाको गोरखा बजार तथा मनकामना क्षेत्रमा विधुत लाईन अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र, मुग्लिन फ्युज शाखाका प्रमुख शेषमणी अधिकारीले बताउनुभयो ।

    आँबुखैरेनी सव-स्टेसनमा रहेको ब्रोकर पुरानो भएकोले पटकपटक विधुत लाईन आँफै जाने समस्या भएको हुँदा ब्रोकर परिवर्तन तथा मर्मत कार्य हुनुभएको र समय अगावै कार्य सम्पन्न भएमा सोहि अनुसार विद्युत सुचारु हुने अधिकारीले बताउनुभयो ।