× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २४४४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३८५३

    ३ वर्ष पहिले

    असार-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ६८ हजार २ सय २१ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख २९ हजार ६ सय ८७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १ लाख ७९ हजार ९ सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३५ हजार ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ८ सय ७५ रहेको छ ।

    २४ घण्टामा ३ हजार ८ सय ५३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.०२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ५७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ५७ जना र भेन्टिलेटरमा १ सय ९३ जनाको उपचार भईरहेको छ ।