× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनका मनोजद्वारा जन्मदिनको अवसरमा विद्यालयमा सरस्वती मन्दिर निर्माणको घोषणा

    ३ वर्ष पहिले

    असार-१४, हिजोआज जन्मदिनको अवसरमा विभिन्न महङ्गा होटल तथा रेष्टुरेन्टहरुमा पार्टी गरी पैसा खर्च गर्ने ट्रेण्ड बनिरहेको अवस्थामा चितवनको इच्छाकामना गाउँपालिका मुग्लिनका एक युवाले भने जन्मदिनको अवसरमा विद्यालयमा सरस्वतीको मन्दिर बनाउने घोषणा गरेका छन् ।

    मुग्लिन बजार निवासी मनोज त्रिपाठीले आफ्नो बाबु बाजेको जन्म स्थान प्रति स्नेह व्यक्त गर्दै उनले स्वर्गीय हजुरबुबा भिम प्रसाद त्रिपाठीको स्मृतिमा विद्यालयमा मन्दिर निर्माण गर्न लागेका हुन् ।

    उनले चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित रहेको राष्ट्रिय आधारभुत विद्यालय तामिनमा सरस्वतीको मन्दिर निर्माण गर्न लागेका हुन्।

    आज विद्यालयका कर्मचारी, व्यवस्थापन समिति तथा स्थानीयहरुको उपस्थितमा उनका बुबा सिताराम त्रिपाठी, काकाद्वय पशुपति त्रिपाठी र शिवहरी त्रिपाठीले संयुक्त रुपमा मन्दिरको सिलन्यास गरेका हुन् ।

    विद्यालयमा सरस्वती मन्दिर नहुदाँ पुजाआजा गर्न समस्या भइरहेको अवस्थामा निर्माणको सम्पुर्ण खर्च व्यहोर्ने गरी विद्यालय हाताभित्र मन्दिर बन्ने भएपछि विद्यालयका प्रधानाध्यापक सन्जिब सिलवालले मनोज त्रिपाठी एवं सम्पुर्ण परिवारलाई धन्यवाद दिएको छ ।

    विद्यालय परिसरमा बन्न लागेको ४*४ को यो मन्दिर एक महिना भित्र निर्माण सम्पन्न गर्न एक लाख रुपैयाको लाग्ने मनोज त्रिपाठीले बताए ।