× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाने पर्व

    ३ वर्ष पहिले

    असार-१५,आज राष्ट्रिय धान दिवस ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ देशभर मनाइँदैछ ।

    हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । यस दिनमा औपचारिक, अनौपचारिक रुपमा धान रोप्ने कार्यक्रम पनि आयोजना गर्ने गरिन्छ ।

    असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । वि.सं. २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

    असार १५ गतेलाई दही, चिउरा खाने पर्वको रुपमा पनि मनाउने गरिन्छ । आजको दिन कृषि पेशामा रहने अथवा अन्य सबै पेशा, व्यवसायका मानिसहरुले दही, चिउरा खाएर असार १५ लाई मनाउने गर्छन् । असारमा एकचोटी हिलोमा पस्नैपर्छ भन्ने मान्यता अनुसार अधिकांश मानिसहरु आजैको दिनमा हिजोमा पसेर धान रोप्ने पनि गर्दछन् । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिइन्छ ।