× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    उपाधिको दाबेदार जर्मनीलाई ५५ वर्षपछि हराउँदै इङ्गल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश

    ३ वर्ष पहिले

    असार-१६, इङ्गल्याण्डले ५५ वर्षपछि जर्मनीविरुद्ध पहिलो जित निकाल्दै इंग्ल्यान्ड युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। याे सँगै विश्वकप र युरोकपको समग्र खेलमा इंग्ल्यान्डले जर्मनीविरुद्ध १९६६ पछि पहिलो जित निकालेको हो ।

    घरेलु मैदान वेम्बलीमा निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले तीनपटकको पूर्वविजेता जर्मनीलाई २–० ले हराउँदै अन्तिम आठको स्थान सुरक्षित गरेको हो । अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ ।

    इंग्ल्यान्डको सानदार जितमा कप्तान ह्यारी केन र रहिम स्टेर्लिङले एक–एक गोल गरेका थिए ।

    त्यसैगरी युरोकपको लिगको अन्तिम खेलमा स्वीडेनलाई २-१ ले हराउँदै युक्रेनले क्वाटरफाइनलमा स्थान बनाए छ। यो सँगै क्वाटरफाइनलको समीकरण पनि पुरा भएको छ।