× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    शव वाहन ल्याउने भन्दै महोत्सव : तीन जना अध्यक्ष फेरिए तर शव वाहन आएन

    ३ वर्ष पहिले

    चितवन, १६ असार ।

     सुजन पण्डित

    पूर्वीचितवनको रत्ननगरमा रहेको लायन्स क्लब अफ चितवन राइनो सिटीले शव वाहन ल्याउने भन्दै वि सं २०७५ सालमा महोत्सव आयोजना गरेको थियो । क्लबले २०७५ सालको कात्तिकमा ‘पूर्वीक्षेत्र महोत्सव २०७५’ आयोजना गरेको थियो । सार्वजनिक शव वाहनको व्यवस्था एवं सञ्चालनको मुख्य लक्ष्य राखेर महोत्सव आयोजना गरिएको थियो । ओमप्रसाद सापकोटा अध्यक्ष हुँदा भएको महोत्सव यता लायन्समा तीनजना अध्यक्ष फेरिइसकेका छन् ।

    महोत्सव आयोजना गर्दाका अध्यक्ष अहिले लायन्स क्लबका जोन चेयरपर्सन भए तर क्लबले अहिलेसम्म शव वाहन ल्याएर सञ्चालन गरेको छैन । सापकोटाको कार्यकाल सकिएपछि पनि क्लबमा लालबहादुर राणा  र भूपेन्द्र धिताल अध्यक्ष भइसके । धितालको कार्यकाल आजैबाट सकिएको छ र भोलि बिहीबारदेखी निरन्जन थापाले क्लबको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दैछन् । यस विषयमा क्लबका तत्कालीन अध्यक्ष ओमप्रसाद सापकोटासँग बुझ्दा उनले आर्थिक स्रोत नजुटेकोले शव वाहन ल्याउन नसकेकोे बताए ।

    महोत्सवबाट ८ लाख रुपैयाँ बचत भएको भन्दै सापकोटाले शव वाहन खरिदका लागि उक्त रकमले पर्याप्त नहुँदा शव वाहन ल्याउन नसकिएको बताए । सापकोटाले शव वाहनको विषयमा समाचार नलेख्न भन्दै पत्रकारलाई दबाब समेत दिएका छन् ।