× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मु–ना सडक खण्डमा फरक फरक ठाउमा मोटरसाइकल दुर्घटना हुँदा २ घाइते ।

    ३ वर्ष पहिले

    असार १६, मुग्लिन ।
    मुग्लिन–नारायणगढ सडक खण्डमा आज बेलुकी फरक फरक ठाउमा भएको दुर्घटना हुदा २ जना घाइते भएका छन् । मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउपालिका वडा नं. ६ स्थित चारकिलोमा पहिरो संगै खसेको ढुङ्गामा ठोक्किएर मोटरसाइलक चालक घाइते भएको इलाका प्रहरीले जनाएको छ । काठमाण्डौबाट नवलपरासी तर्फ जादै गरेको बा ५३ प ४०३८ नम्बरको मोटरसाइल दुर्घटनामा परि कावासोती १ का राम प्रसाद वि.क. घाइते भएका हुन् । उन्को दाहिने हातमा सामान्य चोट लागेको र उपचारको लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ । त्यस्तै सोही राजमार्ग अन्तरगत पाच किलो भन्ने स्थानमा नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको बा २९ प ८५३७ नम्बरको स्कुटर अनियन्त्रित भई सडक देखि तल नालामा खस्दा स्कुटर चालक घाइते भएका छन् ।

    दुर्घटनामा परी मुग्लिनका स्थानीय सुसिल शाह घाइते भएका हुन् । उन्को निधारमा गम्भीर चोट लागेको र उपचारको लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुर्य बहादुर रानाले हाइवे समचारलाई जानकारी दिएका छन् ।