× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोका कारण राजधानी जोड्ने मुख्य राजमार्ग अबरुद्ध, खुलाउन दिनभर लाग्ने

    ३ वर्ष पहिले

    असार १७, चितवन
    अविरल वर्षाका कारण विभिन्न ठाउमा पहिरो खस्दा राजधानी जोड्ने मुख्य राजमार्ग अबरुद्ध बन्न पुगेको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जोगिमारा, जवाङ्खोला लगाएत दर्जन भन्दा बढी ठाउमा सानो ठुलो पहिरो खस्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत इच्छाकामना गा.पा. ५ र ६ नम्बर वडाको विभिन्न दर्जन भन्दा बढी ठाउमा पहिरो र लेदोले सडक ढाक्दा राजमार्ग पुर्ण रुपमा अबरुद्ध हुन पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुर्य बहादुर रानाले हाइवे समाचारलाई जानकारी दिएका छन् । लेदोसहित आएको पहिरोले मुग्लिनबाट नारायणगढ जादै गरको प्र.३ ०१ २२ च ७२७४ नम्बरको बोलेरो पुरिएको स्थानीयले जानकारी दिएको छ । २ वटा मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य भइरहको र थप पहिरो नखसे २ बजे सम्ममा पहिरो हटाइ एकतर्फी राजमार्ग सञ्चालन गरिने अनुमान गरेको प्रहरी निरिक्षक रानाले बताउनुभयो ।