× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोको कारण राजमार्ग फेरी अबरुद्ध

    ३ वर्ष पहिले


    असार १८, चितवन
    अविरल वर्षासंगै आएको पहिरोले मुख्य राजमार्ग आज पनि अबरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्डमा सानो ठुलो गरी दर्जन भन्दा बढी ठाउमा खसेको पहिरोको कारण राजमार्ग पुर्ण रुपमा अबरुद्ध बन्न पुगेको हो । उक्त सडक खण्ड अन्तरगत जलविरे, ३, किलो, ४ किलो र ५ किलोमा लेदो सहितको पहिरो झरेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख असइ नरहरी अधिकारीले हाइवे समाचारलाई जानरकारी दिएका छन् । उहाँका अनुसार थप पहिरो नझरे ४ घण्टा भित्रमा पहिरो हटाइ राजमार्ग एकतर्फी सञ्चालन गर्ने सकिने जनाएका छन् ।
    उता मुग्लिन काठमाण्डौ सडक खण्ड अन्तरगत धादिङ्गमा भने ठुलो पहिरो नझरेपनि माथिबाट लेदो झरेर सडक ढाकिएको कारण राजमार्ग अबरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । यस सडक खण्डमा ठुलो पहिरो नभएकोले राजमार्ग केही बेरमा सवारी आवगमन सञ्चालन गर्न सकिने जानकारी दिएका छन् । सो सडक खण्ड अन्तरगत धादिङ्गको बेनिघाट रोराङ गा.पा. वडा नं. १० तिघ्राङखानीमा माथिबाट लेदो बगेर सडकमा झरीरहेकोले सवारी आवगमन अबरुद्ध बन्न पुगेको हो । लेदो सडकबाट हटाउने कार्य भइरहको र केहीबेरमा एकतर्फी सवारी सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।