× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बाढी, पहिरोले देशभरका १९ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध

    ३ वर्ष पहिले

    असार-१८,बाढी पहिरोका कारण देशभरका १९ वटा राष्ट्रिय राजमार्ग र सडक अवरुद्ध भएको छ। सडक विभागका अनुसार कुल ९८ राजमार्गमध्ये १९ राजमार्ग बाढी पहिरोका कारण अवरुद्ध भएका हुन्।

    केही राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा रहेको विभागले जनाएको छ। ५२ स्थानमा सडक एकतर्फी रुपमा सञ्चालमा रहेको छ।

    विभागका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

    काठमाडौं–धुलिखेल–दोलालघाट–खाडिचौर कोदारी(अरनिको राजमार्ग) स्थित लिपिङ पुलमा क्षति पुगेका कारण सडक अवरुद्ध भएको छ।

    त्यस्तै डुम्रे बेसिसहर चामे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । मनाङको धारापानी बगरछापमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ। त्यस्तै गल्छी त्रिशुली सडक खण्ड पनि अवरुद्ध भएको विभागले जनाएको छ।

    खोड्पे चैनपुर सडक खण्डमा अवरोध हुँदा एकतर्फी सवारी चालु रहेको छ भने मध्य पहाडी राजमार्गको बाग्लुङ खण्डमा पनि सडक एकतर्फी चालू रहेको छ।

    पृथ्वी राजमार्ग सडक खण्ड अन्तरगत धादिङ्गमा भने ठुलो पहिरो नझरेपनि माथिबाट लेदो झरेर सडक ढाकिएको कारण राजमार्ग अबरुद्ध भएको छ ।