× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन नारायणगढ सडक सुचारु गराउन अझै २ घण्टा लाग्ने (ताजा तस्विर सहित)

    ३ वर्ष पहिले

    असार १८, चितवन
    मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउमा खसेको पहिरो हटाउने कार्य अझै पनि जारी रहेको छ ।

    सानो ठुलो गरी दर्जन भन्दा बढी ठाउमा खसेको पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडर, १ वटा जेसिभिको प्रयोग गरिएको छ भने मझिटारबाट थप १ वटा लोडरको प्रयोग गरी चारकिलोको पहिरो हाटाउने कार्य भइरहेको छ।

    चारकिलोमा खसेको पहिरो ठुलो भएकोले सबै मेशिसनहरुको प्रयोग गरी पहिरो हटाउन लागिएको इलाका प्रहरीकार्यालय मुग्लिनका प्रहरी निरिक्षक सूर्य बहादुर रानाले हाइवे समाचारलाई जानकारी दिएका छन्।

    पानी नपरे र थप पहिरो नखसे एकतर्फी मात्र सडक सञ्चाल गर्न पनि अझै २ घण्टा लाग्न सक्ने उहाँले जानकारी दिनुभएको छ ।