३ वर्ष पहिले
असार-१९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ८१ हजार १ सय १३ जना पुगेको छ ।
२४ घण्टामा ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ६३ हजार ६ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ९ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार ६ सय ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ४१ रहेको छ।
२४ घण्टाम ३ हजार ६६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८९.०६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ९० जना पुगेको छ ।
हाल क्वारेन्टिनमा २ सय ९५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २७ जना र भेन्टिलेटरमा १ सय ८१ जनाको उपचार भईरहेको छ ।