× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फिस्लिङ्गमा भासिएकाे सडकमा माटाे हालेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन ।

    ३ वर्ष पहिले

    असार २०, चितवन
    पृथ्वीराजमार्ग अन्तरगत चितवनको फिस्लिङ्गमा वर्षाका कारण सडक भासिएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडकको आधा भन्दा बढी भाग भासिएको कारण विहान देखि ठुलो सवारी साधनलाई रोकेर सानो तथा मझौला सवारीहरुलाई मात्र पास गरिएको थियो । अहिले भासिएको भागमा माटो हालेर ठुलो सवारी साधनलाई पनि पास हुने गरि एकतर्फ राजमार्ग सञ्चालन भएको रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असइ नरहरी अधिकारीले हाइवे समाचार डटकमलाई जनाएका छन् । उता मुग्लिन नारायणगढ सडक खण्ड भने अहिले सञ्चालनमा रहेको असई अधिकारीले जनाएका छन् ।