× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौँ उपत्यकामा असार ३१ गते सम्मको लागि निषेधाज्ञा थपियो, असार २२ देखि टेम्पो र माइक्रो बस पनि चल्ने

    ३ वर्ष पहिले

    असार-२०,उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो गर्दै असार ३१ गते सम्मको लागि थप गरिएको छ । थपिएको निषेधाज्ञामा असार २२ देखि भने टेम्पो र माइक्रो बस पनि चल्ने भएका हुन् ।

    यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब भने टेम्पो र माइक्रो बस पनि चल्ने भएका हुन् ।यो संगै उपत्यकामा सबै प्रकारका सवारी साधन गुड्न पाउने भएका हुन् ।

    त्यस्तै सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचनामा जनाएको छ।

    सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड भने कडाइको साथ पालना गर्नुपर्नेछ। मास्क अनिवार्य गर्नुपर्ने बताइएको छ। साथै सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाउने छैनन्।

    काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ।