× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २६२२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२११

    ३ वर्ष पहिले

    असार-२१,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय२२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ८५ हजार ३ सय ६१ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ४ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ४५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३३ लाख ७६ हजार ४१ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार २१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ८ हजार २ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ९० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २२ हजार ९ सय ९८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६ सय ९२ रहेको छ।

    २४ घण्टाम २ हजार २ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८९.२१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय १७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ७१ जना र भेन्टिलेटरमा १ सय ८० जनाको उपचार भईरहेको छ ।