× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    वाग्मती प्रदेश लगाएत गण्डकी, सुदूरपश्चिम र प्रदेश १ मा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    ३ वर्ष पहिले

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (आज विहान) देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । वाग्मती प्रदेश लगाएत गण्डकी, सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा हल्का वर्षा भैरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    Pokhara Weather Forecast

    विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेका छन ।