× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना-३ तोकदाङ ढापमा ४३ घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न, अध्यक्ष गीता कुमारी गुरुङद्वारा उद्घाटन

    ३ वर्ष पहिले

    असार-२७,चितवनको इच्छाकामना गाउँपालिकाले एक घर एक धारा अभियान अन्तर्गत वडा नम्बर ३ तोक्दाङ ढापका ४३ घरधुरीमा धारामा जडान सम्पन्न गरि एक कार्यक्रमका बिच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले उद्घाटन गर्नुभएको छ ।

    अध्यक्ष गुरुङले असार २६ गते धाराको उद्घाटन गर्दै इच्छाकामना गाउँपालिकामा एक घर एक धारा अभियान अन्तर्गत जनताको पहुँचमा स्वच्छ खानेपानी पुर्याउने सोचका साथ तोक्दाङ ढापमा रहेका ४६ घरधुरीमा धारामा पुर्याइएको बताउनुभयो ।

    सो उद्घाटन कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्रि गुरुङ , वडाध्यक्ष गोवर्धन अधिकारी लगायतको उपस्थिति रहेका थिए ।