× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १८३१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १५३३

    ३ वर्ष पहिले

    असार-२७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ६ लाख ९९ हजार ८८ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ५ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख १५ हजार ४ सय ७५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ८३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ३४ हजार ७ सय ७७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ४ सय ७१ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ७ सय २ रहेको छ।

    २४ घण्टामा १ हजार ५ सय ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.६७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २० जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ५३ जना र भेन्टिलेटरमा १ सय ७५ जनाको उपचार भईरहेको छ ।