× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २३७० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ११३३

    ३ वर्ष पहिले

    असार-२८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ७० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख १ हजार ४ सय ५८ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ६ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख २३ हजार १ सय ६४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ३८ हजार ६ सय ७२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय १२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ९ सय ४७ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ७ सय ६५ रहेको छ।

    २४ घण्टामा १ हजार १ सय ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.५३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ४ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ४९ जना र भेन्टिलेटरमा १ सय ६३ जनाको उपचार भईरहेको छ ।