× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अधिकारको नाममा नेवार समुदायमाथि पिडा दिने काम भएको भन्दै नेवार समुदायको आपत्ति

    ३ वर्ष पहिले

    असार-२८,दलित अधिकारको नाममा नेवार समुदायमाथि पिडा दिने काम भएको भन्दै नेवार समुदायले आपत्ति जनाएका छन् ।

    नेवा समाज भरतपुर चितवनले भरतपुर १२ निलकण्ठ मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरि देशको महत्वपुर्ण संस्कार कलाकृति भेषभुषा बोकेको नेवार समुदायको अवमुल्यन गरि नेवार समुदायलाई जातिय आक्षेप लगाई सामाजिक सदभाव खलबल्याउने षड्यन्त्र भएको बताएका हुन् ।

    काठमाण्डौमा राष्ट्रिय महिला फुटवल प्रशिक्षक सरस्वती प्रधानमाथि रुपा सुनुवारबाट दलित भएको कारणले डेरा दिन अस्विकार गरेको र हेपेको भन्ने आरोप लगाई ४ दिन सम्म बिना कसुर हिरासतमा कानुन विपरित राख्न बाध्य पारिएको प्रति आफुहरुको गम्भिर आपत्ति रहेको समाजले विज्ञप्ति मार्फत जनाएकोे छ ।

    आफैले कसुर जन्य अपराध गरि उल्टो सर्वोच्च अदालतमा मुद्धा हालेर प्रधानलाई सुनारले दुख दिएको प्रति आफुहरुको गम्भिर आपत्ति रहेको नेवा देय दबुका केन्द्रिय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले बताए ।

    त्यस्तै चितवन राप्ति नगरपालिका वडा नम्वर ९ मा रहेको नेवा देय दबुमा आवद्ध बज्रयोगीनि नेवा समाजका सदस्य राजकुमार श्रेष्ठलाई व्यक्तिगत झगडामा दलित समाजको नाममा मुद्धा दर्ता गरी २५ दिन सम्म हिरासतमा राखी दुख दिएको घटना प्रति पनि आफुहरुको गम्भिर आपत्ति रहेको राजभण्डारीको बताएका छन्। बिनाकारण २५ दिन सम्म हिरासतमा राखेपछि अदालतले श्रेष्ठलाई ५० हजार धरौटीमा रिहा गरेको उनीहरुले बताए ।

    त्यस्तै असार ११ गते सर्लाही जिल्ला ईश्वरपुर नगरपालिकाका वडा अध्यक्ष सुर्यकुमार श्रेष्ठलाई सामान्य झगडामा gupta ठेकेदार र जेसिबि चालकले हत्या गरेको घटनाप्रति पनि आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।

    यी तिनै घटनालाई हेर्दा सिगों नेवा समुदाय माथिको प्रहार भएको आफुहरुले ठहर गरेको र अव आफनो समुदायमाथि भएका प्रहारका बिरुद्ध सबै एकजुट भएर लड्ने उपाध्यक्ष राजभण्डारीले बताए । कार्यक्रममा नेवा देय दबुमा आवद्ध चितवन जिल्ला भित्रका सबै समितिका पदाधिकारीहरु सहभागिता रहेको थियो ।