× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा कोरोना संक्रमितको संख्या मा व्यापक वृद्धि, डेल्टा भेरियन्ट पनि भेटियो

    ३ वर्ष पहिले

    असार-२९, चितवनमा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या मा व्यापक वृद्धि हुदै गएको छ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार हिजोमात्रै २११ जना नयाँ संक्रमित थपेका हुन् । जुन अघिल्लो दिनको भन्दा दोब्बर बढी हो । शनिबार १११ जना आइतबार ४२ थपिएको थियो।

    त्यस्तै भरतपुर अस्पताल चितवनले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा दुईजनामा डेल्टा भेरियन्टको कोरोना भाइरस भेटिएको जनाएको छ।

    डेल्टा भेरियन्टमा बालबालिकादेखि वृद्धवृद्धासम्म का सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्ने क्षमता भएकोले सम्पूर्ण नागरिकहरूलाई त्रसीत नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्डहरु र जिल्ला प्रशासन कार्यालय चितवनबाट जारी भएको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न अपिल गरेको छ ।