× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २९०५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १६०६

    ३ वर्ष पहिले

    असार-३०,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ६ हजार ७ सय ६१ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार १ सय ८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ३८ हजार ३ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ४७ हजार ५ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार ९९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ५ सय ४८ रहेको छ।

    २४ घण्टामा १ हजार ६ सय ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख २४ हजार ७ सय ११ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.३९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ३४ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा २ सय ९३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ९९ जना र भेन्टिलेटरमा १ सय ७२ जनाको उपचार भईरहेको छ ।