× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा साउन ७ गते सम्मको लागि निषेधाज्ञा थपियो, खाजा घर, रेष्टुरेन्ट र मिठाइ पसलहरुपनि खोल्न पाइने

    ३ वर्ष पहिले

    असार-३१,कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवन जिल्लामा जारी निषेधाज्ञा थप खुकुलो गर्दै साउन ७ गते राति १२ बजे सम्मको लागि थप गरिएको छ ।

    चितवन जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरण नभएकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

    थपिएको निषेधाज्ञामा खाजा घर, रेष्टुरेन्ट र मिठाइ पसलहरु साँझ ७ बजेसम्म संचालन गर्न पाइने छ ।यसअघि टेकअवे र होमडेलिभरी सेवा मात्रै रेष्टुरेन्टहरुले दिन पाएकोमा अब देखि रेष्टुरेन्टमै ग्राहक राख्न पाइने भएको छ ।

    जिल्लामा संक्रमण दर थपघट भएमा निषेधाज्ञालाई थप खुकुलो वा कडाई गर्न सकिने जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेशमा जनाएको छ ।