× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    काठमाडौं उपत्यकामा साउन १० गतेसम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    असार-३१,काठमाडौं उपत्यकामा साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ।आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको आदेश यस अघि जारी गरेकै नियमहरूको निरन्तरता रहेको छ। तर उपत्यका भित्र छिर्ने सवारी साधनको हकमा भने जिल्ला प्रशासन कार्यालय प्रमुखसँग समन्वय गरेर प्रवेश पाउने भएका छन् ।

    उपत्यकामा संक्रमण दर बढेमा निषेधाज्ञालाई पुनरावलोकन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा जनाएको छ ।