× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २९३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७७५

    ३ वर्ष पहिले

    साउन-१,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ११ हजार ३ सय ४३ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ६ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ५६ हजार १ सय ९९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ६९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ५६ हजार ६ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय २७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २४ हजार २ सय ७४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ५ सय ५३ रहेको छ।

    २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.३१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय २१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ७८ जना र भेन्टिलेटरमा १ सय ७४ जनाको उपचार भईरहेको छ ।