× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रधानमन्त्री शेरबहादुर देउवा विश्वासको मत लिन सफल, पक्षमा १६५ र विपक्षमा ८३

    ३ वर्ष पहिले

    साउन-४,प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल हुनुभएको छ। उनले राखेको विश्वासको मतको पक्षमा १६५ मत प्राप्त भयो ।

    एमालेको माधव समूहका सबै २३ जनाले मत नदिँदा पनि देउवा १६५ मत प्राप्त गर्न सफल भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाटै देउवाले समर्थन पाएको स्पष्ट भएको छ। एमालेका दुबै समूह गरेर २२ जनाले देउवालाई समर्थन गरेका छन्। यस्तै काँग्रेसका ६१, माओवादीका ५०, जसपाका ३२ र राजमोका एकजनाले देउवालाई समर्थन गरेका छन्।

    एमालेका माधव समूहका १४ र ओली समूहका ८ जनाले देउवालाई समर्थन गरेका छन्।