× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २४४५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२५८

    ३ वर्ष पहिले

    साउन-४,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख १८ हजार ४ सय ९४ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ८ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ७७ हजार ५ सय १८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ६६ हजार ६ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय ३७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ३ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ५ सय ३ रहेको छ।

    २४ घण्टामा १ हजार २ सय ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८८.१४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ६४ जना र भेन्टिलेटरमा १ सय ५५ जनाको उपचार भईरहेको छ ।