× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३१०८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १५९५

    ३ वर्ष पहिले

    साउन-५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख २१ हजार ६ सय १७ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३४ लाख ८७ हजार ३ सय ५४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार २ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ७० हजार ९ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय १९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २३ हजार ८ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ५ सय ८५ रहेको छ।

    २४ घण्टामा १ हजार ५ सय ९५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.९८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय २६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ९२ जना र भेन्टिलेटरमा १ सय ७२ जनाको उपचार भईरहेको छ ।