× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चीनको हेनान प्रान्तमा भीषण वर्षासँगै आएको बाढीले कम्तीमा १३ जनाको मृत्यु

    ३ वर्ष पहिले

    साउन-६,चीनको हेनान प्रान्तमा भीषण वर्षासँगै आएको बाढीले कम्तीमा १३ जनाको ज्यान गएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

    भीषण वर्षासँगै आएको बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् ।

    अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १ लाख भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने जङ्गजाउ शहरमा कम्तीमा १३ जनाको ज्यान गएको जनाइएको छ ।

    बाढीका कारण एक दर्जन भन्दा बढि शहरको जनजीवन प्रभावित भएको छ । सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ ।

    सो बाढीग्रस्त क्षेत्रमा छ हजार भन्दा बढी अग्नि नियन्त्रक, दुई हजारभन्दा बढी जनमुक्ति सेना र कयौ सेना तथा प्रहरीहरू उदार कार्यमा खटिएको जनाइएको छ ‌।