× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बाबुराम भट्टराईले हिन्दु आस्था र परम्पराको अपमान गरेको भन्दै भाजपा प्रवक्ता डा.विजय चौथाइवालेको कडा टिप्पणी

    ३ वर्ष पहिले

    साउन-६,भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय चौथाइवालेले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिन्दु आस्था र परम्पराको अपमान गरेको भन्दै कडा टिप्पणी गरेका छन् । उनले ट्वीटमार्फत् पूर्वप्रधानमन्त्री भट्टराईले इदको अवसर पारेर हिन्दु आस्था र परम्पराको अपमान गरेको टिप्पणी गरेका छन् ।

    चौथाइवालेले लेखेका छन्ः ‘प्रिय श्री बाबुरामजी तपाईं र तपाईंका सहपाठीहरुले इदका अवसरमा हिन्दु आस्था र परम्पराको अपमान गर्नु स्वाभाविक हो ।’

    डा. भट्टराईले आजै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दुध चढाएको तस्बिर राखेर ‘आस्था डरलाग्दो चीज हो । यसले तिमीलाई दुध फाल्ने र मुत्र पिउने बनाउँछ’ भनी ट्वीट गरेपछि भाजपा प्रवक्ता चौथाइवालेले कडा चेतावनीसहित टिप्पणी गरेका हुन् ।