३ वर्ष पहिले
साउन-९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ३३ हजार २ सय ६० जना पुगेको छ ।
२४ घण्टामा १० हजार ६ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख २८ हजार ५ सय १४ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ८६ हजार ४ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय ५७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २५ हजार ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ६ सय ७१ रहेको छ।
२४ घण्टामा २ हजार १ सय ९७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ जना पुगेको छ ।
हाल क्वारेन्टिनमा ३ सय ४४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ५० जना र भेन्टिलेटरमा १ सय ६५ जनाको उपचार भईरहेको छ ।